जर्मनी र फ्रान्सले युरोपको विकासमा ‘अग्रता’ लिनुपर्ने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ । फ्रान्स र जर्मनीले युद्धपछिको सहकार्यको ६० औँ वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार पेरिसमा आयोजना भएको एक समारोहमा युरोपको विकासमा जर्मनी र फ्रान्सले ‘अग्रणि’ भूमिका लिनुपर्ने बताउनुभएको हो । यसैगरी उक्त अवसरमा फ्रान्सको भ्रमणमा रहनुभएका जर्मनीका चान्सलर ओलाफ स्कोल्जले भन्नुभयो, “जर्मनी र फ्रान्सले मेलमिलापको मार्ग प्रशस्त गरेकाले युरोपलाई पुनः गतिमा लान उनीहरू नै अग्रगामी बन्नुपर्छ ।” नयाँ ऊर्जा मोडेल निर्माण गर्ने, नवीनता र भोलिका प्रविधिहरूलाई प्रोत्साहित गर्ने तथा युरोपेली सङ्घको रक्षाका लागि रिक्तता र कूटनीतिमा आफ्नै अधिकारमा भूराजनीतिक शक्ति भएको सुनिश्चित गर्नुपर्ने आवश्यकता स्कोल्जले औंल्याउनुभयो । युक्रेन युद्धलाई लिएर जर्मनी र फ्रान्सबीचको मतभिन्नता उच्चस्तरीय द्विपक्षीय भ्रमणबाट अन्त्य हुने अपेक्षा गरिएको छ ।