मेची उद्योग वाणिज्य सङ्घले झापाका दुई आर्थिक पत्रकारलाई सम्मान गरेको छ । आर्थिक क्षेत्रमा कमल चलाएवापत ‘आर्थिक पत्रकारिता’ पुरस्कारद्वारा आज उहाँहरूलाई सम्मान गरेको हो । सङ्घले १८औँ वार्षिक साधारणसभाको अवसरमा पत्रकार रोहित काफ्ले र मुक्ति पौडेललाई जनही रु १५ हजार नगदसहित सम्मान गरेको हो । उहाँहरू दुवैलाई प्रदेश नम्बर १ का विना विभागीय मन्त्री तिलविक्रम मेयाङ्वोले सम्मान गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मेयाङ्बोले सरकारको तीन खम्बे नीतिअनुसार नै सार्वजनिक, निजी र सहकारी संस्थाले मुलुकको अर्थतन्त्र उकास्न अहम् भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।