ओनसरी घर्ती भन्छिन्- एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन

 

काठमाडौं, ७ मंसिर

माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् ।

काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्भाभाविक रूपमा लिएको उल्लेख गरेकी छन् । उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन् ।

‘निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया हो, यसलाई मैले स्वाभाविक रुपमा लिएकी छु । आवधिक निर्वाचनमा एकपटको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हॅुदैन र हुन पनि सक्दैन । आजको राजनीतिक र सामाजिक परिवर्तन ल्याउन तथा सभामुख र अन्य राजकीय जिम्मेवारीमा रहेर मुलुकका लागि मैले विगतमा निर्वाह गरेको भूमिकाको इतिहासमा सदैव लिपिबद्ध भई नै रहने छ । आगामी दिनमा पनि मेरो भूमिकामा कुनै कमी आउने छैन,’ घर्तीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनले काठमाडौं २ आफ्नो कर्मथलो भइसकेको बताउँदै पाँच वर्ष त्यहीँको विकास र जनताको जीवनस्तर उकास्न लागिपर्ने उल्लेख गरेकी छन् । ‘निर्वाचनका दौरान आफ्नो अमूल्य मत प्रदान गर्नुहुने तमाम आदरणीय मतदाताप्रति धन्यवाद ज्ञापन गर्दछु । मैले मत माग्ने क्रममा पटकपटक भनेकी थिएं कि काठमाण्डौं क्षेत्र नम्बर २ मेरो कर्मथलो भइसक्यो । आजको दिनमा उक्त प्रतिबद्धता पुनः एकपटक दोहोर्याउन चाहन्छु । यस क्षेत्रका मतदाताका हरेक सुखरदुःखमा म सधैं सॅगै हुनेछु,’ उनले लेखेकी छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *