समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन

 

काठमाडौं, ३१ असोज

समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको  क्यान्सर अस्पतालमा निधन भएको हो ।

६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित थिए । मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुन् ।

उनी प्राध्यापनका साथै लेखनमा पनि सक्रिय थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *