धनगढी, २३ असोज ।
कैलाली क्षेत्र नम्बर–५ मा नेकपा एमालेका तर्फबाट नारदमुनी रानाले प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारीका लागि मनोनयन दर्ता गरेका हुन् । राना कैलाली–५ बाट २०७४ को निर्वाचनमा विजयी भएका थिए । राना एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज हुन् ।