काठमाडौं, असोज २१ गते ।
अबिरल वर्षाका कारण दाङका अधिकांश ठाउँहरु जलमग्न भएका छन् । जताततै बाढी पहिरो गएको देखिन्छ । दाङको जनजीवन प्रभावित
भएको छ । देउखुरी क्षेत्रका बस्तीहरु जलमग्न भएका छन् । ठाउँ–ठाउँमा सडक अबरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको
जानकारी अनुसार देउखुरी क्षेत्रको राप्ती गाउँपालिकाका प्रायः सबै वडाहरु जलमग्न भएका छन् । तीनदेखि चार फिटसम्म पानी जमेको छ ।
कालापानी, पिपरखुट्टी, पहरुवा, बगरापुर, सगरापुर लगायतका गाउँमा पहिरोले धेरै क्षति गरेको छ । डुबानमा परेका घरपरिवारलाई सुरक्षित
स्थानमा लगिएको छ ।