काठमाडौं, असोज २१ गते ।
यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई दिने घोषणा गरिएको छ । नोबेल पुरस्कार प्रदान गर्ने ‘द स्वीडिश
एकेडेमी’ले उक्त घोषणा गरेको हो । विषयको गहिराईमा पुगरे विछोड र संयमका स्मरण लेख्नु भएकाले उक्त पुरस्कार दिने घोषणा गरिएको
बताइएको छ । उनले सामाजिक असमानता र त्यसले समाजलाई पार्ने प्रभावको बारेमा पनि साहित्य लेखन गर्छिन् । अ म्यान्स प्लेस र अ
वुमन्स स्टोरी उनका चर्चित साहित्यिक कृतिहरु हुन् । ती पुस्तकाहरु समकालिन साहित्यमा उत्कृष्ट गनिएका छन् । स्वीडिश एकेडेमीका
अनुसार उक्त पुरस्कार राशी एक करोड स्वीडिश क्रोनर रहेको छ । त्यसको अमेरिकी डलरको मूल्य आठ लाख डलर बराबर हुन्छ ।