आमचुनावका लागि पहाडी जिल्ला लमजुङमा चहलपहल बढ्यो

 

लमजुङ , २० असोज

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् ।  विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् ।

मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् ।प्रत्यक्षमा सिफारिस गर्दा महिला र पुरुषको अनुपात मिलाउन केन्द्रले भने पनि धेरैजसो पुरुष मात्र सिफारिसमा परेका छन् ।

नेकपा माओवादी केन्द्रले मात्र एक जना महिलालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।समानुपातिकमा भने जिल्लाबाट ६३ जनाभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएको छ ।

 जसमा अधिकांश महिला छन् । जिल्लाबाट सिफारिसमा परेकाहरु टिकटका लागि शीर्ष नेता रिझाउन राजधानी धाउन थालेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *