एजेन्सी
न्युयोर्क, ४ असोज
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संयुक्त राष्ट्र संघमा ’ब्लु प्यासिफिक’ देशहरूको समूहसँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने भएका छन् ।
विदेशमन्त्री ब्लिन्केनले बिहीबार उक्त कार्यक्रम आयोजना गर्न लागेको ह्वाइट हाउस इन्डो–प्यासिफिक संयोजक कर्ट क्याम्पबेलले जानकारी दिए । समूहमा अमेरिका, अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, बेलायत छन् ।
चीनलाई काउन्टर दिन अमेरिकाले ब्लु प्यासिफिक’ देशहरूको कार्यक्रम आयोजना गर्न लागेको हो । भारतलाई ब्लु प्यासिफिक इनिसिएटिभमा पर्यवेक्षकको रुपमा छ ।