रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता

 

एजेन्सी
मस्को, ३१ भदौ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता भएको छ ।  रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो । वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको ूसन्तुलित अडानूका लागि धन्यवाद दिएका छन्। चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथपि दुबै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि गत फेब्रुवरीमा आयोजित  शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा   सी र पुटिनबीच भेट भएको थियो।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *