जुम्ला २४ भदौ
जुम्लामा स्याउ महोत्सव हुुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए । महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ । दुई दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकको दाबी छ । सोही अवसरमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । जुम्ला हुने स्याउ महोत्सवमा गायक प्रकाश सपुत आउने बताइएकाे छ ।
यसअघि २०७५ मा पनि पहिलो महोत्सव गरिएको थियो । २०७६मा दोस्रो स्याउ महोत्सव भएको थियो । दुई