काठमाडौं, २३ साउन
जनता समाजवादी पार्टी नेपालले हरिनारायण रौनियारलाई राजनीतिक समिति सदस्यमा मनोनित गरेको छ । पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारलाई जसपाले राजनीतिक समिति सदस्यमा मनोनित गरेको हो । बर्दियाको पुल निमर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि रौनियार संसद पदबाट निलम्बनमा परेका थिए ।