काठमाडौं, साउन २६ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा तीन हजार १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी कोरोना संक्रमित भएकाहरु मध्ये ३५ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको १३ हजार २१७ जनाको आरटी पिसिआर र पाँच हजार ९०६ जनाको एन्टिजेन परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म दश हजार १५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म ९३.४ प्रशितशत संक्रमणमुक्त भएका छन् ।