काठमाडौं, साउन १९ गते ।
सत्ता गठबन्धनमा सहभागी दलहरुले सरकारको न्युनतम साझा कार्यक्रमको बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुले सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएका छन् । थपघट गर्नु पर्ने भए मंगलबार गरेर टुङ्ग्याउने बताइएको छ । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।