काठमाडौँ, १८ असोज ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा(माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ । पार्टी अभियानको क्रममा अछाम पुग्नुभएका उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौँ ल्याइएको थियो । प्रधानमन्त्री दाहालले नेता आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पतालका चिकित्सकहरुलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
