नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि बिहीबार बिहान फेवातालमा अभ्यास गरिँदै । दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । तस्बिर : कृष्ण दवाडी/रासस
