फ्रासन्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार सहयोगीहरूलाई रुस विरुद्ध युक्रेनी प्रतिआक्रमणको लागि आफ्नो समर्थनलाई तीव्र बनाउन आग्रह गर्नु भएको छ । “हामीले हाम्रो समर्थन र (युक्रेन) लाई सहयोग गर्ने हाम्रो प्रयासलाई तीव्र बनाउनु पर्छ र प्रतिआक्रमणलाई अनुमति दिनुपर्छ,” उहाँले म्युनिख सुरक्षा सम्मेलनमा सो धारणा राख्नु भएको हो । लामो समयसम्म द्वन्द्वका लागि तयार र सक्षम भएपनि आफ्नो त्यस्तो चाहाना नभाएको उहाँको धारणा थियो ।