टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पप गएछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुवैतिरको हताहतीको संख्या १,९०४ पुगेको बताइएको छ । थप विवरण सार्वजनिक हुने क्रममा छ ।
