तेश्रो लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस हुने

 

काठमाडौं, २६ असोज

नेपाली सेनाले ‘तेश्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस–२०७९’ प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगिता कार्तिक १७ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित ड्राई पोर्टबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म (२४.५ किलोमिटर) हुने नेपाली सेनाले जनाएको छ ।

‘दुगुनागढीको ऐतिहासिक महत्व, लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गरी उक्त स्थानहरुलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नुका साथै सैनिक नागरिक सम्बन्ध विस्तारको उद्देश्य सहित नेपाली सेनाको पहलमा भोटेकोशी गाउँपालिकाको आयोजनामा उक्त दौड प्रतियोगिता संचालन गर्न लागिएको हो,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल–तिब्बत लडाइको दौरान प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मीकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी उक्त प्रतियोगगिता आयोजना गर्न लागिएको सेनाले जनाएको छ ।

प्रतियोगिता खुल्ला, महिला र सिन्धुपाल्चोक जिल्लावासी गरी तीन विधामा सञ्चालन गरिनेछ । दौडको नियम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने बताइएको छ ।

प्रतियोगितामा खुल्लातर्फ प्रथम हुनेलाई एक लाख १० हजार रुपैयाँ, दोस्रो हुनेलार्य ७५ हजार रुपैयाँ, तेस्रो हुनेलाई ५५ हजार रुपैयाँ, चौथो हुनेलाई ४० हजार रुपैयाँ, पाँचौं हुनेलाई ३० हजार रुपैयाँ र छैठौं हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नेपाली सेनाले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *