काठमाडौं, असोज २१ गते ।
देशैभर आएको अबिरल र भारी वर्षाका कारण धानबालीमा धेरै क्षति भएको छ । खेतमा धान पाकेर पहेंपुर भएका छन् । पानी पर्न रोकिएपछि
काट्ने तयारीमा रहेका किसानहरु अबिरल वर्षा नरोकिएपछि चिन्तित बनेका छन् । धान खेतमै ढलेका छन् । त्यहीँ टुसा पलाई सकेको
अवस्था छ । केही दिन अझै पानी पर्न नरोकिने हो भने धान खेतमै नष्ट हुने भयले किसान चिन्तित छन् । खेतमा धानबाली भित्रययन
तयारी अवस्थामा छ । पानी रोकिने पर्खाइमा किसान छन् । विगत दुई हप्तादेखि धान भित्र्याउने किसानको तयारी खेर गएको छ । तराई
मधेश जताततै धान बाली भित्र्याउने बेला भएको छ । कुबेलामा परेको पानीका कारण धानबालीमा क्षति पुगेको हो । कैलाली लगायतका
क्षेत्रहरुमा धानबाली खेतमै ढलेको देखिन्छ ।