काठमाडौं, १८ असोज
वर्षमा एक दिन मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरआज खुला रहेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमात्र भक्तजनका लागि मन्दिर खुला गरिन्छ । मंगलबार बिहानैदेखि मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनले बिहानैदेखि लामबद्ध भएर पूजापाठ गरिरहेका छन् ।