एजेन्सी
न्युयोर्क, १० असोज
युनाइटेड किंगडमकी एक १०० वर्षीया वृद्धाले दोस्रो विश्वयुद्धमा सम्पूर्ण इस्पात उद्योगलाई पतन हुन जोगाएको कडा परिश्रमको कदरस्वरूप शेफिल्ड विश्वविद्यालयबाट मानार्थ उपाधि प्राप्त गरेकी छिन् । दोस्रो विश्वयुद्धको समयमा महिला इस्पात कामदारहरूको योगदानलाई पहिचान सात वर्षको राष्ट्रिय अभियान सुरु गरेको शेफिल्ड विश्वविद्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
अहिले १०० वर्षकी क्याथलिन रोबर्ट्सलाई दोस्रो विश्वयुद्धको समयमा पुरुषहरू लड्न बाहिर निस्किएपछि इस्पाद उद्योगमा काम गर्ने आदेश दिइएको थियो । तर, द्वन्द्व समाप्त भएपछि उनी र उनका सयौं महिला सहकर्मीहरूलाई धन्यवाद नदिई बर्खास्त गरिएको थियो ।
उनले बार्कर्स पुल शेफिल्डमा स्मारक मूर्ति खडा गर्न करिब १ लाख ७० हजार युरो उठाएकी थिइन् ।