सुनचाँदीको मूल्य घट्यो  

 

काठमाडौं, ३ असोज

सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *