सशस्त्र प्रहरीको बर्दिबासमा रिजर्भ गण स्थापना ।

काठमाडौँ, असोज १ गते ।

सशस्त्र प्रहरीले सीमा सुरक्षाका लागि महोत्तरीको बर्दिबासमा रिजर्भ गण स्थापना गरेको छ । सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हचार्यले उक्त गणको उद्घाटन गरेका छन् ।

नेपाल सरकारले गत असार २९ गते सीमा नाका सुरक्षका लागि रिजर्भ गण स्थापना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सीमा नाकाको सुरक्षा व्यवस्थापन र जनशक्ति परिचालनका लागि रिजर्भ गण स्थापना गरिएको डीआईजी ब्रम्हचार्यले बताए । उक्त गणले सीमा नाका सुरक्षा, राहत तथा उद्धार र विपद् व्यवस्थापनको काम गर्नेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *