कोरोना बीमाको सङ्ख्या बढ्यो ।

काठमाडौँ, भदौ १७ गते ।

बीमा समितिको तथ्याङ्क अनुसार सोमबार सम्म करिब ८ लाख ९५ हजार जनाले कोरोना बीमा गरेका छन् । यस अवधिमा १ लाख ५ सय ४८ वटा बीमालेख बिक्री भएका छन् । ती बीमा लेखबाट ५० करोड ३७ लाख ३० हजार रुपैया बीमा शुल्क सङ्कलन भएको छ । पछिल्ला दिनमा बीमा कम्पनीमा बीमाको दावी पनि ह्वात्तै बढेको छ ।

सोमबार सम्म १ हजार ८ सय जनाको दावी परेको छ । बीमा दावीको कुल रकम १० करोड ४८ लाख रुपैया बराबरको छ । सोमबारसम्म १ सय ८३ जनाले भुक्तानी पाइसकेका छन् । त्यसमध्ये १ सय ६३ जनालाई प्रतिव्यक्ति १ लाखका दरले भुत्तानी गरिएको छ भने २० जनालाई ५० हजारको दरले भुत्तानी गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *