सुदूरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा ।

काठमाडौँ, भदौ ६ गते ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी कञ्चनपुर, बैतडी र डडेल्धुरामा पनि निषेधाज्ञा जारी गरिएको छ । तीज, पञ्जमी र गौरा पर्वमा भीडभाड हुने अनुमान गर्दै ती जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कैलालीमा बिहीबारदेखि नै निषेधाज्ञा जारी गरिएको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको छ । डडेल्धुरामा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी बैतडीमा सदरमुकाम र आसपासको क्षेत्रमा निषेधज्ञा जारी गरिएको छ । कञ्चनपुरमा पनि आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *