माधव नेपालका पीएसओ सहित ९ सुरक्षाकर्मी संक्रमित ।

काठमाडौँ, भदौ ६ गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालका अङ्गरक्षक (पीएसओ) सहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्व प्रधानमन्त्री नेपालका परिवारका सदस्यहरु सहित सुरक्षाकर्मीहरुको स्वाब परीक्षण गरिएको थियो । अन्य सुरक्षाकर्मी र परिवारका सदस्यहरुको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । रिपोर्ट शुक्रबार राति आएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *