कोरोना नियन्त्रणमा १२ अर्ब खर्च भयो ।

काठमाडौँ, भदौ ६ गते ।

सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना नियन्त्रणका लागि १२ अर्ब खर्च भएको जानकारी दिएका छन् । उनले शुक्रबार गत चैतदेखि साउनसम्मको खर्च बिबरण सार्वजनिक गर्दै उक्त जानकारी गराएका छन् । मन्त्री खतिवडाले संघ, प्रदेश, स्थानीय तह र कोरोना कोषबाट ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च भएको जानकारी गराएका छन् । कोरोना खर्च पारदर्शिताको सम्बन्धमा संसदीय समिति र सर्बसाधारणले प्रश्न उठाउन थालेपछि सरकारले उक्त जानकारी गराएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *