नेपाललाई सवा ३ अर्ब अनुदान ।

काठमाडौँ, भदौ ५ गते ।

हरित जलवायु कोष (जीसीएफ) ले नेपाललाई जलवायु परिवर्तनजन्य परियोजना सञ्चालनको लागि सवा ३ अर्व अनुदान दिने भएको छ । विश्वका २४ वटा मुलुकहरुमा नेपाल पनि एक परेको छ । कोषले विश्वका २४ देशमा जलवायु परिवर्तनजन्य परियोजना सञ्चालनको लागि १ खर्ब ५५ अर्ब ८० करोड लगानी गर्ने भएको छ ।

जीसीएफले नेपालको लागि ३ अर्ब २८ करोड २० हजार अनुदान उपलब्ध गराउने भएको छ । जीसीएफको २६औँ बोर्ड बैठकले नेपालद्वारा प्रस्तावित जलवायु परिवर्तन परियोजना समेत स्वीकृत गरेको छ । नेपालमा कमजोर समुदाय र पर्यावरण सुधारको लागि गण्डकी नदी वेशिन परियोजना सञ्चालन गर्न उक्त अनुदान रकम प्रयोग गरिनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *