ट्रम्प अमेरिकाको लागि गलत राष्ट्रपति : मिसेल ओबामा ।

काठमाडौँ, भदौ ३ गते ।

बीबीसीका अनुसार अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को विरोध गरेकी छन् । उनले ट्रम्पलाई अमेरिकाको लागि गलत राष्ट्रपति भएको आरोप लगाएकी छन् । राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गर्न शुरु गरिएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दा उक्त आरोप लगाएकी हुन् । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनेले ट्रम्पको खुलेर आलोचना गरिन ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ । पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले भर्चुअल सम्मेलनमा उक्त आलोचना गरेकी हुन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण गर्न नसकेको र अमेरिकाको अर्थतन्त्रलाई तहसनहस बनाएको समेत आरोप लगाएकी छन् । सम्बोधनको क्रममा ट्रम्प प्रशासनले अमेरिकीमा विभाजन ल्याएको समेत दाबी गरिन । श्वेत प्रधानताका पक्षपातीहरुलाई आगामी निर्वाचनमा अमेरिकीले नस्वीकार्ने विश्वास समेत व्यक्त गरिन ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *