भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भीर ।

काठमाडौँ, भदौ २ गते ।

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था झनै गम्भीर भएको बताइएको छ । ८४ वर्षीय मुखर्जीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । भारतीय सञ्चार माध्यामहरुका अनुसार विशेषज्ञ चिकित्सकहरुको टीमले उच्च निगरानीका साथ उपचार गरिरहेका छन् ।

पूर्व राष्ट्रपति मुखर्जीलाई गत साता अस्पताल भर्ना गरिएको थियो । सामाजिक सञ्जाल मार्फत् मुखर्जी स्वयम्ले आफूलाई कोरोना संक्रमण भएको बताएका थिए । उनको दिमागको शल्यक्रिया गरेर जमेको रगतलाई हटाइएको थियो । आफ्नै निवासमा उनी बेहोस भएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *