शिक्षाको मापन त व्यवहारको वास्तविक धरातलमा मात्र परीक्षण हुन्छ ।

 


काठमाडौं, माघ ११ गते ।

एउटा व्यक्ति औपचारिक शिक्षाका हिसाबले स्नातक, स्नातकोत्तर, विद्यावारिधी आदि हुन सक्छ । व्यवहारिक धरातलमा साधारण लेखपढ अर्थात् पढ्दै नपढेकाहरु भन्दा कमजोर पनि हुनसक्छ । अर्थात् व्यवहारिक फाँटमा पछाडी पर्न सक्छ । नेपाली समाजमा शिक्षालाई औपचारिक रुपमा अध्ययन गरी शिक्षण संस्थाले दिएको शैक्षिक प्रमाणपत्रमा सिमित गरिन्छ । प्रमाणपत्र पाउने शिक्षित तर प्रमाणपत्र विहीन अशिक्षित भन्ने हुन सक्दैन । शिक्षाको मापन त व्यवहारको वास्तविक धरातलमा मात्र परीक्षण हुन्छ ।

व्यवहारिक फाँटमा असफल भएको शैक्षिक प्रमाणपत्र प्राप्तकर्तालाई वास्तविक रुपमा सही शिक्षा प्राप्त नभएको शिक्षित भनेर चिन्नु पर्ने हुन्छ । हाम्रा शैक्षिक संस्थाले घोकन्ते शिक्षालाई बढी जोड दिँदा परिणाम राम्रो आउने तर सभ्य समाज निर्माणमा प्रमुख नहुने भएको छ । शिक्षालाई गुरुले पढाएको सुन्नु, नोट गर्नु, गृहकार्य गर्नु, परीक्षा दिनु र पास गर्नुमै सिमित राखिनु हुन्न । शिक्षालाई घोकाइमुखी, परिणाममुखी र तथ्याङ्क केन्द्रित स्थितिबाट बाहिर निकाल्न सक्नुपर्छ । शैक्षिक संस्थालाई सामुदायिक विकास केन्द्रका रुपमा विकसित गर्नुपर्छ । शिक्षाविद्हरुका अनुसार गरिखान सक्ने उत्पादनमुलक क्षेत्रमा व्यक्तिको शिप विकास हुनुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *