प्रधानमन्त्री ओलीको प्रतिगामी कदमलाई शासन प्रणाली बदल्ने अवसरको रुपमा सदुपयोग गरौँ ।

 


–परिवर्तन भट्टराई (कृति)

राजनीतिक परिवर्तन पछि पनि नेपालले संसदीय शासन प्रणालीको अभ्यास गरिरहेको छ । जसलाई सुधारिएको संसदीय प्रणालीको नाम दिइयो । सुधारिएको संसदीय शासन प्रणालीले राजनीनिक स्थिरता दिन्छ भनियो । व्यवहारले पुष्टि ग¥यो कि जति सुधार गरेपनि संसदीय शासन प्रणालीको दोष कायम छ । गधालाई नुहाएर गाई बनाउन सकिँदैन भने जस्तै संसदीय प्रणालीलाई सुधारेकै भरमा यसका कमजोरी हट्न सक्दैनन् । त्यसैले सुधार होइन बदल्ने कुरा प्रमुख हो । संविधानसभाबाट संविधान निर्माण गर्दा थुप्रै विषयमा बहस भएका थिए । देशले उक्त संविधानमार्फत् थुप्रै उपलब्धी प्राप्त ग¥यो । संघीयता लागायतका विषयहरुमा अपूर्णता रह्यो । मुख्यतः शासन प्रणाली बदलिएन । वेष्ट मिनिष्टरियल शासन प्रणालीलाई बदलिएन ।

नेपालले बेलायत, भारत हुँदै नेपालमा अभ्यास गर्दै आएको शासन प्रणालीलाई नयाँ संविधानमा पनि निरन्तरता दियो । कांग्रेस सबै र कम्युनिष्टको प्रमुख हिस्साले सुधारिएको संसदीय शासन प्रणाली भन्दै संसदीय प्रणालीलाई निरन्तरता दिन चाह्यो । परिणामतः संविधानसभाको शक्ति सन्तुलनका आधारमा उही संसदीय प्रणालीलाई निरन्तरता दिइयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीको विश्वव्यापी अभ्यासको हवला दिँदै प्रतिनिधिसभाको विघटन गरे । यस घटनाले संसदीय शासन प्रणालीका हिमायतीहरुलाई मुखभरीको जवाफ दिएको छ । यो प्रतिगामी घटनालाई शासन प्रणाली बदल्ने उत्तम अवसरको रुपमा लिन सक्नुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली र पूर्ण समानुपातिक संसदको स्थापना गर्नको लागि राष्ट्रिय तहमा बहस गरौँ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *