जनता समाजवादी पार्टीले काठमाडौँमा प्रतिगमन विरुद्ध विरोध प्रदर्शन गर्ने ।

 


काठमाडौं, पौष २९ गते ।

जनता समाजवादी पार्टी, नेवाः राष्ट्रिय समितिले प्रतिगमन विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । समितिका अध्यक्ष मनरत्न शाक्यका अनुसार माघ २ गते शुक्रबार दिनको २ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिने भएको छ । प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक झगडाका कारण गत पौष ५ गते प्रतिनिधिसभा भंग गरेका थिए । प्रधानमन्त्रीको उक्त कदमको जनता समाजवादी पार्टीले विरोध गर्दै आएको छ ।

हाल देशैभर दोस्रो चरणको विरोध कार्यक्रमहरु गरिरहेको छ । सोही क्रममा पार्टीको नेवाः राष्ट्रिय समितिले काठमाडौंमा माघ २ गते विशाल विरोध प्रदर्शन गर्ने जनाएको छ । उक्त विरोध कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । नेवाः राष्ट्रिय समितिले पार्टीका काठमाडौं उपत्यकामा उपलब्ध नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र प्रतिगमन विरोधी आम जनसमुदायलाई सहभागी हुन अपिल गरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *