५ हजार ३ सय ९ जनाको परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि ।

 


काठमाडौं, पौष २७ गते ।

पछिल्लो चौबिस घण्टामा पाँच हजार तीन सय नौ जनाको परीक्षण गर्दा चार सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ५२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २ लाख ६५ हजार २६८ जना पुगेको छ । हाल ४ हजार ३७३ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म २ लाख ५८ हजार ९६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १९ लाख ८७ हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबिस घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेहरुको संख्या १ हजार ९२७ जना पुगेको छ । हाल २३७ जना क्वारेन्टाइनमा रहेका छन् । ४ हजार ३७३ जना आइसोलेशनमा रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *