नेपाल-चीन सीमा सन्धिमा नेपालको तर्फबाट महेन्द्र शाह र चीनको तर्फबाट लिउशाव चीले हस्ताक्षर गरेका थिए ।

 


काठमाडौं, पौष २७ गते ।

नेपाल–चीन सीमा सन्धि (५ अक्टोबर १९६१) नेपाल–चीन संयुक्त सीमा समितिले कार्य सम्पन्न गरी तयार पारेको दुई देशको सीमा सन्धिमा नेपालका तर्फबाट श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम शाहदेवले र जनगणतन्त्र चीनका तर्फबाट अध्यक्ष लिउशाव चीले संयुक्तरूपमा ५ अक्टोबर १९६१ मा हस्ताक्षर गरेका थिए । ५ धारा भएको यस सीमा सन्धिमा दुई देशका बीच परम्परागत चलनचल्तीमा आएको सीमारेखालाई आधार मानी क्षेत्रमा नै संयुक्त टोलीद्वारा छानबिन गराउने गरी समानता, आपसी फाइदा, मित्रता तथा आपसी सामन्जस्यताको सिद्धान्तमा पश्चिमबाट पूर्वतर्फ सीमारेखा अङ्कन गरी सो रेखाको उत्तरतर्फ चीन र त्यसको दक्षिणतर्फ नेपाली भू–भाग पर्ने गरी सीमा उल्लेखन गरिएको थियो । यस सीमा उल्लेख भए अनुसार नेपाल–चीन सीमारेखालाई १३ सेक्टरमा विभाजन गरिएको छ ।

सीमारेखाको काम लिपुलेक भन्ज्याङ्भन्दा एक किलोमिटर दक्षिण (काली र टिङ्कर नदीको पानीढलो तथा कर्णाली नदीका शाखा नदीहरू र टिङ्कर नदीको पानीढलो जोडिएको ठाउँ) बाट सुरु गरी उरै भन्ज्याङ्–नलाकङ्कर हिमाल (६,५५० मिटर) कालीगण्डकी (६,२४१ मि) चाक्लो–ग्याला भन्ज्याङ्– थाप्लेभन्ज्याङ्–याङ्रा हिमचुली–चुसुम्दो–चोमो पार्मरी–नेच्लेसाँधु–पोप्ती भन्ज्याङ्–राखा भन्ज्याङ्–चाबुक भन्ज्याङसम्मा मात्र पु¥याइएको छ । पूर्वी सीमाखम्बा स्थापनाको अन्त्य नेपाल–चीन–सिक्किम जोडिएको झिन्साङ्चुलीमा हुनुपर्नेमा चाबुक भन्ज्याङ्सम्म मात्र गरिएको छ । झिन्साङ्मा एक त्रिदेशीय बिन्दुका साथै सीमारेखाको पश्चिमी अन्त्यमा अर्को त्रिदेशीय बिन्दु निर्माण गरिनुपर्नेमा त्यस समयमा तीन देशहरूमध्ये भारतको उपस्थिति नहुनुका कारणले त्रिदेशीय बिन्दुहरू हालसम्म कायम हुन सकेको छैन । सीमा उल्लेखन खासगरी हिमालयको पानी ढिलो, हिमचुली, भञ्ज्याङ्, पहाडी रिज्, स्पर, नदी, चरन आदि क्षेत्र हुँदै पश्चिमबाट पूर्व हुँदै अङ्कन गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *