जनता समाजवादी पार्टी, नेवाः राष्ट्रिय समितिले भक्तपुर र ललितपुरमा जनप्रदर्शन गर्ने ।

 


काठमाडौं, पौष १८ गते ।

जनता समाजवादी पार्टी, नेवाः राष्ट्रिय समितिले प्रतिनिधिसभा विघटन विरुद्ध जनप्रदर्शन गर्ने भएको छ । काठमाडौंमा भएको प्रशिक्षणात्मक बैठकले जनप्रदर्शन गर्ने निर्णय गरेको हो । निर्णय अनुसार पौष २४ गते शुक्रबार भक्तपुरको शंखधर साँख्वा चोकबाट जनप्रदर्शन गरिने भएको छ । त्यसैगरी माघ २ गते शुक्रबार ललितपुरको पुलचोकबाट अर्को जनप्रदर्शन गरिनेछ । जनताको प्रतिनिधि संस्था प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको निष्कर्ष निकाल्दै बैठकले त्यसको घोर विरोध गरेको समितिका अध्यक्ष मनरत्न शाक्यले प्रधानता डटकमलाई जानकारी दिए ।

प्रशिक्षणात्मक बैठकमा पार्टीका नेता राजेन्द्र प्रसाद श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य हिसिला यमि र केन्द्रीय सदस्य पञ्चलाल महर्जनले प्रशिक्षण मन्तव्य राखेको थिए । त्यसैगरी पार्टीका वागमती प्रदेश उपाध्यक्ष न्हुच्छेलाल महर्जन र पूर्व राजपा नेवाः राष्ट्रिय समितिकी अध्यक्ष ललिता प्रधानले पनि बैठकमा सम्बोधन गरेका थिए । बैठकले नेवाः राष्ट्रिय समितिको समायोजन गर्न तीन सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा ईञ्चार्ज पञ्चलाल महर्जन, अध्यक्ष मनरत्न शाक्य र मुख्य सचिव परिवर्तन भट्टराई रहने छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *