जनता समाजवादी पार्टी र ने.क.पा. एकीकृत माक्र्सवादी पार्टीबीच एकीकरण सम्पन्न।

 


काठमाडौं, पौष १७ गते ।

जनता समाजवादी पार्टी र ने.क.पा. एकीकृत माक्र्सवादी पार्टीबीच पार्टी एकीकरण सम्पन्न भएको छ । ललितपरमा आयोजित एक एकीकरण समारोहमा एकीकरण घोषणा गरिएको थियो । उक्त एकीकरण पश्चात् ने.क.पा. एकीकृत माक्र्सवादीका सयौँ नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टीमा समाहित भएका छन् । पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्ययक्षको प्रमुख उपस्थितिमा दुई पार्टी एकीकरण भएको घोषणा गरिएको थियो । त्यसैगरी जसपाका कार्यकारी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पनि उपस्थिति रहेको थियो ।

पार्टीका वरिष्ठ नेताद्वय अशोक कुमार राई र राजेन्द्र महतो लगायतका जसपाका अन्य नेताहरुको पनि एकीकरण समारोहमा उपस्थिति रहेको थियो । एकीकृत माक्र्सवादी पार्टीका संयोजक अमृत पुरीले अबको विकल्प जनता समाजवादी पार्टी भएकाले पार्टी एकीकण गरिएको बताए । जनता समाजवादी पार्टीले लिएको विचार र उठाएका एजेण्डाले मात्रै नेपालको समृद्धि सम्भव भएको विचार व्यक्त गरे । एकीकरण पश्चात् समाहित भएका एकीकृत माक्र्सवादीका सबै नेता तथा कार्यकर्ता पार्टीले घोषणा गरेको आन्दोलनको अग्रमोर्चामा उत्रने समेत बताए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *