जनता समाजवादी पार्टीद्वारा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन ।

 


काठमाडौं, पौष १२ गते ।

जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन विरुद्ध जनप्रदर्शन गरेको छ । सो पार्टीले पौष १२ गते काठमाडौं लगायत देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गरेको छ । काठमाडौंमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा हजारौँको सहभागिता रहेको थियो । काठमाडौंको शान्तिवाटिकाबाट ¥याली शुरु भएको थियो । शान्तिवाटिका, बागबजार, पुतलीसडक, भद्रकाली, सुन्धारा, वीर अस्पताल हुँदै ¥याली पुनः शान्ति वाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त कोण सभालाई पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पार्टीका वरिष्ठ नेताद्वय अशोक कुमार राई र राजेन्द्र महतो तथा पार्टीकी नेतृ दुर्गा सोबले सम्बोधन गरेका थिए । उक्त सम्बोधनको क्रममा डा. बाबराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुरको संज्ञा दिए । डा. भट्टराईले ओलीले वर्तमान राजनीतिक उपलब्धीलाई जोगाउन नसक्ने आरोप लगाए । जनताको बलमा संसद पुनस्र्थापना गर्न आह्वान समेत गरे । त्यसैगरी वरिष्ठ नेता राजेन्द्र महतोले ओलीले वर्तमान उपलब्धीलाई सिध्याउन लागेको आरोप लगाए । अर्का वरिष्ठ नेता अशोक कुमार राईले प्रधानमन्त्री ओली चरम अराजक र तानशाही भएको आरोप लगाए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *