सन् १९७८ पछि चीनमा साम्यवाद र पुँजीवादको बहसलाई विकासवादले उछिन्यो ।

 


काठमाडौं, पौष ६ गते ।

चिनियाँ राजनीतिक वृत्तमा तीनजना व्यक्तित्वको नाम यो वा त्यो सन्दर्भमा सम्मानित र चर्चित छ । माओत्सेतुङ, देङस्याओपिङ र डा.सनयात्सेन । माओत्सेतुङ जनवादी गणतन्त्र चीन स्थापनाकर्ताको नेतृत्वकर्ता भएकाले सम्मानित र चर्चित छन् । देङस्याओपिङले बिरालो कालो होस वा सेतो, मुसा मार्नु पर्छ भन्दै आर्थिक समृद्धिको मोडेल ल्याएका कारण उनको स्थान चिनियाँ राजनीतिमा उच्च छ, । डा. सनयात्सेन क्विङ राजवंशको समाप्तिको नेतृत्वकर्ता भएकाले उनी पनि चिनियाँ जनताले सम्झिरहने व्यक्तित्व हुन् । डा. सनयात्सेनले सन् १९११ मा क्विङ राजवंशको समाप्ती गरे । माओसेतुङले सन् १९४९ मा जनवादी गणतन्त्र स्थापना गरे । देङस्याओपिङले सन् १९७८ मा चिनियाँ आर्थिक समृद्धिको नयाँ मोडेल ल्याए ।

डा. सनयात्सेनले गणतन्त्र स्थापना गर्नु, माओसेतुङले अनुशासित र शक्तिशाली चीन बनाउने जग बसाउनु र देङस्याओपिङले समृद्ध चीनको खाका कोर्नु सबै महत्वपूर्ण परिघटना छन् । सन् १९७८ पछि चीनमा साम्यवाद र पुँजीवादको बहसलाई विकासवादले उछिन्यो । साम्यवादी मुलुक भनेर चिनिने मुलुक उत्तर कोरिया, कम्बोडिया, क्युबा आदिले मुलुकलाई उल्लेखनीय हिसाबले समृद्ध बनाउन सकेनन् । तर त्यही प्रकृतिको चीनले उल्लेखनीय सफलता हात पार्नुमा साम्यवादी पार्टीले लोकतान्त्रिक पद्धतिको घुसपैठ गराउनु हो । १ अर्ब ३० करोड जनतालाई बहुआयामिक ढङ्गले समृद्ध बनाउनु चानचुने विषय हुँदै होइन । नेपालले ३ करोड जनतालाई थेग्न समस्या परिरहेको बेला चीनको उक्त प्रगति उल्लेखनीय छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *