मेगा बैंकद्वारा राजधानीका विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर विस्तार ।

 


काठमाडौं, पौष ३ गते ।

मेगा बैंक नेपालले राजधानीका विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । राजधानीका विभिन्न स्थानहरुमा एकैदिन तीन स्थानमा काउन्टर विस्तार गरेको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ को नारायणटारमा एउटा काउन्टर विस्तार गरेको छ ।

त्यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित गान्धी आदर्श माध्यामिक विद्यालय नजिकै रहेको गान्धी मोडमा अर्को एउटा काउन्टर विस्तार गरेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डुमा बैंकले थप एक काउन्टर विस्तार गरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *