हजारौँ अलपत्र कामदारलाई स्वदेश ल्याउन माग ।

काठमाडौँ, भदौ २५ गते ।

हाल विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु अलपत्र भएका छन् । सम्बन्धित देशका राजदूतावसले राम्ररी व्यवस्थापन नगर्दा उनीहरु अलपत्र अवस्थामा छन् । सबै प्रक्रिया पूरा गरेर स्वदेश फर्किन तयार भएकाहरु अलपत्र अवस्थामा छन् । अलपत्र परेकाहरुको समाचार बाहिर आउन थालेपछि वैदेशिक रोजगारका सरोकारवालाहरुले अलपत्र परेका कामदारहरुलाई चाँडो स्वदेश ल्याउन माग गरेका छन् ।

रोजगारी गुमेका र अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर्न पर्ने आवाज सर्वत्र उठिरहेको छ । सामूहिक रुपमा कोचिएर बस्नुपर्दा उनीहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । उडान थप गरेर उनीहरुको तत्काल उद्धार नगर्ने हो भने थप समस्या हुने बताएका छन् ।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा सरोकारवालाहरुले अलपत्र परेका नेपालहरुको तत्काल उद्धार गर्नु पर्ने माग गरेका हुन् । जतिसक्दो चाँडो व्यवसायिक उडान गर्नु पर्ने सझाव समेत दिएका छन् । विभिन्न देशहरुबाट तत्काल हजारौँ नेपाली कामदार स्वदेश फर्कन चाहन्छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *