विश्वमा आजसम्म लगभग ४ सय समुहमा रगतको वर्गीकरण भइसकेको भनिन्छ ।

 


काठमाडौं, मंसिर ११ गते ।

कतिपय देशमा चाहिँ रगतको खरिदबिक्री गरिन्छ । बजारमा पाइने व्यापारिक सामानको रुपमा खरिद बिक्री हुन्छ । कतिपय रोग जन्मजात नै अर्काको रगतमा भर पर्नु पर्ने हुन्छ । ठूलो दुर्घटना हुँदा पनि अवस्था त्यही हो । मानव शरीरबाट एक प्रविधि प्रयोग गरी शरीरबाट रगत निकालिन्छ । त्यसलाई प्रयोगशालामा परिक्षण गरी प्रयोग गर्न मिल्ने वा नमिल्ने गरी वर्गीकरण गरिन्छ । प्रयोग गर्न मिल्ने रगत प्रयोग नहुन्जेल भण्डारण गरिन्छ । रातो रगत त सबैले जान्ने कुरा भयो तर सेतो रगत भनेपछि कतिपयलाई आश्चर्य लाग्छ ।

शरीरबाट निकालेको रातो रगतको रातो कण विहिनता सेतो रगत हुने भयो । विश्वमा आजसम्म लगभग ४ सय समुहमा रगतको वर्गीकरण भइसकेको भनिन्छ । मुख्यतः रगतको वर्गीकरण नेगेटिभ र पोजिटिभ गरी दुई भागमा हुन्छ । पोजिटिभ अन्तर्गत ए, बी, एबी आदि र नेगेटिभ अन्तर्गत ए, बी, एबी आदि पर्छन् । नेपालमा स्वयंसेवी रक्तदाताहरुको एक संगठन नै छ । उक्त संगठनले रक्तदान अभियानलाई सहयोग गरिरहेको छ । रगतलाई ३५ दिन भित्र प्रयोग गरी सक्नुपर्छ ।

क्रशम्याच परिक्षणपछि मात्र यसको शुद्धता नापिन्छ । कतिपय देशमा रक्तदान कार्यक्रमलाई व्यवस्थित गर्न सम्बन्धित देशको रेडक्रस सोसाइटी, सरकार र निजी क्षेत्रको संलग्नता छ । नेपालको सन्दर्भमा रगत व्यवस्थापन गर्न एउटा सुविधासम्पन्न भवन निर्माण गरी सरकारले आधुनिक प्रविधि प्रयोग गरेर अभियान नै सञ्चालन गर्नुपर्छ । नेपालमा रगतको अभाव हुने खबर बारम्बार सुनिन्छ । यो जीवनदानसँग जोडिएको विषय भएकाले गाउँगाउँसम्म सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *