नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुग्यो ।

 


काठमाडौं, मंसिर ११ गते ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख २७ हाजर ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६१४ जना संक्रमित भएसँगै कुल संक्रमितको उक्त संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ९ हजार ४९१ जनाको आरटीपीसीआर गरिएको छ । हाल १६ हजार ७९३ जना कोरोना संक्रमित रहेका छन् ।

हालसम्म १७ लाखको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा १ हजार ४३७ संक्रमित निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । त्यसैगरी पछिल्लो चौबिस घण्टामा २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । हाल ६८० जना क्वारेन्टाइनमा रहेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *