आफ्नै पार्टीका कार्यकर्ताले सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गरेको भन्दै माधव नेपाल आक्रोशित ।

 


काठमाडौं, मंसिर ६ गते ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नै पार्टीका कार्यकर्ताले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे विरुद्ध नाराबाजी गरेको भन्दै विरोध गरेका छन् । पार्टीको स्थायी समिति सदस्य समेत रहेका पाण्डेले चितवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोध गरेका थिए । पार्टीमा विवादको प्रमुख जड ओली भएको आरोप लगाएपछि ओली निकट कार्यकर्ताहरुले पाण्डे विरुद्ध नाराबाजी गरेका थिए ।

गृह जिल्ला चितवनको राप्ती नगर कमिटीको बैठकमा बोलीरहेको बेला अनाधिकृत व्यक्तिहरु प्रबेश गरेर पाण्डेमाथि अभद्र व्यवहार गरेको र नाराबाजी गरेकोमा निन्दा र भत्र्सना गर्छु भन्दै नेता नेपालले विज्ञप्ति जारी गरेका छन् । यस्ता क्रियाकलाप सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने पार्टीको नीति विपरीत भएको उल्लेख गरेका छन् । कम्युनिष्ट आदर्श अबलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने समेत बताएका छन् । त्यस्तो क्रियाकलाप गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग समेत गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *