सुदूरपश्चिममा ठूलो संख्यामा छाउगोठ भत्काइए, देउता रिसाँउछन् भन्दै प्रथा भने कायमै ।

 


धनगढी, मंसिर ६ गते ।

सुदूरपश्चिममा छाउपडी प्रथा एक प्रमुख समस्याको रुपमा रहेको छ । महिलालाई महिनावारी हुँदा पाँच दिनसम्म नजिकै बनाइएको कटेरा (छाउगोठ) मा राख्ने गरिन्छ । दउता रिसाउने र घर परिवारमा अनिष्ट हुने भन्दै महिलालाई छाउगोठमा राख्ने गरिन्छ । सर्पले टोक्ने, धुवाँले निसासिने, बलात्कृत हुने, जंगली जनावरको आक्रमण हुने जस्ता कारणले महिलाहरुको ज्यानै जाने गरेको छ । गत वर्ष अछाममा एक किशोरीको छाउगोठमा मृत्यु हुँदा ज्यानै गयो । उक्त घटनापछि राष्ट्रिय स्तरमै बहस चलेको थियो । गत वर्ष प्रहरी र स्थानीयको अगुवाइमा ठूलो संख्यामा छाउगोड भत्काइए ।

तर कतिपयले पुनः निर्माण गरेका छन् भने कतिपयले भत्काएकै छैनन् । अछाम, बझाङ, बाजुरा, डोटी लगायतका जिल्लाहरुमा छाउपडी प्रथा कायमै छ । देउता रिसाउने र घरपरिवारमा समस्या हुने भन्ने सामाजिक मान्यताका कारण त्यस क्षेत्रमा छाउपडी प्रथाले अझै निरन्तरता पाइरहेको बताइएको छ । विगतको तुलनामा छाउपडी प्रथा मान्नेको संख्या केही घटेको भएता पनि पूर्ण रुपमा उन्मुलन गर्न भने ठूलो मेहनत गर्नु पर्ने जानकारहरु बताउँछन् । पहिलो त संघीय, प्रादेशिक र स्थानीय सरकारको पहलकदमीमा जनचेतना फैलाउन जरुरी छ । दोस्रो चरणमा कडाइपूर्वक कानुनी कारबाही गरिनुपर्छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा पनि ठूलो संख्यामा छाउगोठ रहेको बताइन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *