कोरोना संक्रमितको संख्या १,९४५ ले थपियो भने ५,३६४ संक्रमणमुक्त भए ।

 


काठमाडौं, मंसिर ५ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घण्टामा १ हजार ९ सय ४५ नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या ५ हजार ३ सय ६४ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो चौबिस घण्टामा १० हजार ४ सय ४० जनाको पिसिआर गरिएको छ ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । २४ हजार ६ सय ६५ सक्रिय संक्रमित रहेका छन् । हालसम्म १६ लाख ४३ हजार ८ सय ९९ जनाको परीक्षण गरिएको छ । त्यसैगरी १ लाख ९१ हजार २ जना निको भएका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण २२ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ जना पुगेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *