नेपालमा कोरोना संक्रमित ८० जनाको मृत्यु ।

काठमाडौँ, साउन २६ गते ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेका जम्मा संख्या ७९ जना पुगेको छ । काठमाडौँ कलंकीका कलेजो र मधुमेहका बिरामी ६४ वर्षीय पुरुषको मेडिसिटी अस्पताल ललितपुरमा आज बिहान मृत्यु भएको छ । बाँके कोहलपुरका उच्च रक्तचापका बिरामी ७० वर्षीय एक पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

पर्सा वीरगञ्जकी हाइपर टेन्सन र हाइपर थाइराइडको बिरामी ४५ वर्षीय एक महिलाको उपचारको क्रममा नारायणी अस्थाई कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौँ मध्ये बानेश्वरका एक ७६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण काठमाडौँको मेडिकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौँको कीतिपुर ट्याङ्ग्लाफाँटका एक ६४ वर्षीय पुरुषको पनि मृत्य भएको छ । शनिबार मृत्यु भएका धनुषा मिथिला बिहारीका ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संत्रमणको कारण मृत्य हुनेका संख्या ८० जना पुगेका छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *