एनआईसी एसिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ ।

 


काठमाडौं, मंसिर ५ गते ।

एनआईसी एसिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारिक फाइदायुक्त निक्षेप योजना सञ्चालन गर्दै आएको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेको हो । बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालीन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ता ग्राहकका लागि यो योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा शुरुमा ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ । यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम १० हजार रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *