देशभर चिसो बढ्यो, काठमाडौं उपत्यकामा यस वर्षको सबैभन्दा कम तापक्रम ।

 


काठमाडौं, मंसिर ४ गते ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा यस वर्षको सबैभन्दा कम तापक्रम ५ दशमलब ६ डिग्री मापन गरिएको छ । देशभर चिसो तीब्र गतिमा बढ्दै गएको छ । दिउँसो घाम लाग्दा जनजीवन सामान्य जस्तो देखिएपनि बिहान बेलुका भने प्रभावित हुन थालेको छ । चिसो एक्कासी बढेको, तराईमा भिजिबिलिटी घट्दै गएको जस्ता कारणले विभागले सर्बसाधारणमा सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार सबैभन्दा कम जुम्लामा २ दशमलब ५ डिग्री न्यूनतम तामक्रम मापन गरिएको छ । विराटनगरको न्यूनतम तामक्रम १४ दशमलब शुन्य डिग्री रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *